सुनसरीको सीमा क्षेत्रमा झण्डोत्तलन

काठमाडौं - सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ तिनकुनेस्थित मुख्य नाकामा फागुन १८ गते राष्ट्रिय झण्डोत्तलन गरिएको छ । नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको हो । 

सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको झण्डोत्तलन कार्यक्रममा सुनसरी क्षेत्र नं. ४ ख का प्रदेश सभासद ईसरायल मन्सुरी, जिल्ला सुरक्षा समितिका पदाधिकारी, संचारकर्मी तथा स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको थियो । यही फागुन १२ देखि १६ गतेसम्म संचालन गरिएको सीमा पैदल यात्रा तथा सीमावासी सँग अन्तरक्रिया कार्यक्रम पश्चात् सीमा ईलाकामा रहेका वासिन्दाहरुमा राष्ट्रियताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने उद्देश्यकासाथ सीमा ईलाकामा झण्डोत्तलन गरिएको हो । 

जिल्ला सुरक्षा समिति सुनसरीको निर्णय अनुसार कोशी गाउँपालिकाको सहकार्य तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीको व्यवस्थापनमा सो कार्यक्रम संचालन गरिएको थियो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×