‘कमेडी हब’मा अभिनय गरेको भन्दै जागिरबाट हटाइएका शिक्षकले दिए श्रम कार्यालयमा उजुरी

काठमाडौँ - टेलिभिजन शो ‘कमेडी हब’मा अभिनय गरेको भन्दै कलेजले जागिरबाट निकालेका शिक्षक दीपेन्द्र प्रसाईंले आफूलाई काममा फर्काउन माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन्।

प्रसाईंले आफूले काम गर्दै आएको सुकेधारास्थित बागमती बोर्डिङ सेकेन्डरी स्कुल (कलेज)ले नियमित हाजिरी र काम गर्न रोकेकाले श्रम ऐन अनुसार आवश्यक निर्देशन दिन माग गर्दै बिहीबार उजुरी दिएका हुन्।

निवेदनमा उनले २०७३ माघ ४ गतेबाट उक्त कलेजमा आंशिक शिक्षकको रुपमा रोजगार सुरु गरेको र २०७५ साउन १ गतेदेखि उक्त कलेजमा पूर्णकालीन शिक्षकको रुपमा कार्य गर्दै आएको उल्लेख गरेका छन्।

तर गत जेठ ११ गते एपीवानु टेलिभिजनबाट प्रसारण हुने कमेडी हब टेलिभिजन श्रृंखलमा निजी स्कुल र कलेजले लिने शुल्कको विषयमा गरेको अभिनयलाई लिएर कलेज प्रशासनले हाजिरी गर्न रोक लगाएको उनले बताएका छन्।

प्रसाईंले आफूलाई कलेजमा नियमित हाजिरी गर्ने व्यवस्था मिलाई रोजगारीमा फर्काउन र गत असार १५ देखि भुक्तान गर्न बाँकी रहेको पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराइदिन पनि माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×