दयाहाङ राईको चलचित्रमा बलिउड अभिनेत्री अनुबन्धित

काठमाडौँ। चलचित्र ‘द स्काइ इज माइन’ मा भारतीय अभिनेत्री तनिष्ठा चटर्जीले काम गर्ने भएकी छिन्। चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई देखिने पक्का भइसकेको छ।

दीपक रौनियारको निर्देशनमा बन्न लागेको चलचित्रमा अनुबन्धित भएकी अभिनेत्री तनिष्ठा चटर्जी  ‘ब्रिटिश इन्डिपेन्डेन्ट फिल्म अवार्ड’ मा चलचित्र ‘ब्रिक लेन’, पार्च्ड’ र लायन’ बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी छिन्।

चलचित्रमा दक्षिण एसियामा रहेको जात प्रथाको कथा देखाईनेछ। चलचित्रमा दीपकसँगै डेविड बार्कर र आशा मगरतीको कथा रहेको छ। चलचित्रको छायांकन आउँदो वैशाखबाट सुरु हुने बताईएको छ। दीपकको निर्देशनमा बनेका विभिन्न चलचित्रले अन्तरास्ट्रियस्तरमा प्रशंसा कमाइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×