सुडी समाज काठमाडौँद्वारा निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना

काठमाडौँ - महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना गर्यो। 

शिविरमा दश हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीले जानकारी दिए। यसैगरी समाजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई सयभन्दा बढीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि वितरण गरियो। शिविरमा निःशुल्क दन्तसेवा उपचार पनि गरिएको थियो।

शिविरको उद्घाटन समारोहमा समाजका अध्यक्ष डा. अशोक महासेठ, महासचिव शीतलप्रसाद महतो, सचिव शङ्कर साह सुडी र कोषाध्यक्ष श्रीराम पूर्वेलगायतका वक्ताले सामाजिक सेवामा समाज क्रियाशील रहेको बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×