आजको सुनको मूल्य

काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा थोरै गिरावट आएको छ।

सुनचाँदी बजारमा अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला रु. ५०० ले घटेर रु. ९२ हजार ३०० तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य हिजो बुधबार प्रतितोला रु. ९२ हजार ३०० तोकिएको थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २५ ले घटेर रु. एक हजार २ सय ३५ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने परिवर्तनका आधारमा देशमा दैनिक कारोबार मूल्य तोकिँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×