साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’

 काठमाडौँ– निर्देशक मिलन डि काप्रिले ‘षट्कोण’ साइकोलोजिकल थ्रिलर फिल्म रहेको बताएका छन्।

 उनले पत्रकार सम्मेलनमा आफू सहितको टिमले रेगुलर भन्दा केही फरक फिल्म बनाउने प्रयास गरेको बताएका छन्। ‘फिल्ममा फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँहि राखेको छु। कथा अनुसार फिल्मलाई तयार गर्ने कोसिस गरेको छु’ निर्देशक मिलनले भने। 

आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि र निर्माता तथा अभिनेता विराज कडरिया लगायतको उपस्थिति रहेको थियो। कुराकानीकै क्रममा अभिनेता कार्मले आफूले यस्तै फिल्म गर्न चाहेको बताए।‘मैले गर्ने फिल्म केही फरक होस् भन्ने लाग्छ। कार्मले आफ्नो नामको अर्थ स्टार अर्थात् तारा भएपनि म तारा बन्नको लागि नभई कलाकारिता गर्न फिल्ममा आएको हु। स्टार भनेको चम्किरहने हो। मैले नाम त रोजेँ त्यो बेग्लै कुरा हो। मलाई कलाकारिता गर्नु छ विशुद्ध भुईँमा बसेर। तर, स्टार बन्ने मेरो इच्छा छैन’ कार्मले भने। 

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म यही बैशाख २३ गतेदेखि रिलिज हुने भएको छ। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्। यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×