चीन - चीनले यहाँका कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ।चीन सरकारले यही शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका १ अर्ब २४ करोड जनसंख्यालाई पूर्ण मात्राको खोप लगाएको जनाएको हो।
चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मि फेङले शनिबार सो कुराको जानकारी दिएका हुन्। उनले भनेका छन् कि चीन सरकारले यहाँका नागरिकलाई कोरोना भाइरसका विरुद्धको खोप निकै तीव्र गतिमा दिइरहेको छ र गत शुक्रबारसम्मा यहाँका १ अर्ब २४ करोड नागरिकलाई यो खोप दिइसकिएको छ।
यहाँका ६० वर्षभन्दा माथिका करिब ८० प्रतिशत नागरिकलाई कोरोना भाइरसका विरुद्धको पूर्ण मात्रा खोप दिइएको बताइएको छ। साथै प्रवक्ता लिका अनुसार यहाँका करिब ६५ करोड नागरिकलाई कोरोना भाइरसका विरुद्धको बुस्टर मात्रा खोप दिइएको पनि बताइएको छ।
सुरुमा कोरोना भाइरसले असर गर्ने भनेर ६० वर्षमाथिका नागरिकलाई यो खोपको मात्रा दिनेगरी प्राथमिकता निर्धारण गरेकामा अहिले अर्थात् पछिल्लो समयमा यहाँको सरकारले सबै नागरिकलाई खोप लगाएको हो।