युक्रेन - युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन्। उनले ट्वीटमा भनेका छन्– अहिले नै सबै कुराको छलफल गर्न सम्भव छैन, हामी निकै अप्ठेरो अवस्थामा छौँ। त्यसैले हामीलाई युरोपियन युनियनको सदस्यता दिइयोस्।
हाल युक्रेनमाथि रुसले हमला गरिरहेको छ। त्यसैले यतिखेर युक्रेन निकै अप्ठेरो अवस्थामा परेको छ।