कांग्रेस एमाले मिलेपछि प्रचण्डले बोलाए पार्टी पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

कांग्रेस एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे बालुवाटारमा पदाधिकारी बैठक बोलाएका हुन् ।

माओवादी केन्द्रका नेता गणेश साहले बिहान ९ बजे बालुवाटारमा बैठक बस्ने बताए । कांग्रेससँग सत्ता सहयात्रा गर्ने सहमतिसँगै एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×