एक खेल अगावै अष्ट्रेलियाले जित्यो शृंखला

काठमाडौँ - अष्ट्रेलियाले दोस्रो एक दिवशीय क्रिकेटमा जिम्बावेलाई ८ विकेटले पराजित गर्दै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको छ। ३ खेलको शृंखलाको पहिलो खेल अष्ट्रेलियाले ५ विकेटले जितेको थियो। लगातार दोस्रो खेल जित्दै अष्ट्रेलियाले २-० को अग्रतासहित शृंखला आफ्नो पक्षमा पारेको हो।

स्टिभ स्मिथ र एलेक्स केरीले अविजित ८४ रनको साझेदारी गरेपछि जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४.४ ओभरमा पूरा गरेको हो। स्मिथले ४१ बलमा अविजित ४७ रन बनाएका थिए। उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। केसीले अविजित २६ रन जोडे। डेभिड वार्नरले १३ रन बनाए भने कप्तान आरोन फिन्च १ रनमा आउट भएका थिए। जिम्बावेका रिचर्ड एनगाभाराले २ विकेट लिएका थिए।

त्यसअघि टाउन्सभिलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे अष्ट्रेलियाको बलिङ सामु टिक्न नसक्दा २७.५ ओभरमा ९६ रनमै अलआउट भएको थियो। जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक २९ र सिकन्दर राजाले १७ रन बनाएका थिए।

कप्तान रेगिस चाकाभा, टोनी मुङ्योङ्गा र राएन बर्लले समान १० रन जोडेका थिए। अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ८ ओभरमा १ मेडन राख्द २४ रन खर्चेर तथा एडम जाम्पाले ३.५ ओभरमा २१ रन खर्चेर समान ३ विकेट लिएका थिए। क्यामरुन ग्रीद्दले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिएका थिए। जोस हेजलउड र एस्टन एगरले समान १ विकेट लिए। अष्ट्रेलिया र जिम्बावेबीद्बको तेस्रो खेल शनिवार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×