दाना उद्योग तथा राजमार्गका होटलको दुई हजार पटक अनुगमन

काठमाडौँ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले दाना उद्योग तथा राजमार्गका होटलको दुई हजार पटक अनुगमन गरेको छ।

विभागले तीन महिनाको अवधिमा खाद्य-दाना उद्योग, होटल रेष्टुरेन्ट, राजमार्गका होटल अनुमगन तथा उजुरीमा तत्काल सम्बोधन टोलमार्फत् दुई हजार ३६ पटक अनुगमन गरी कारबाही गरिएको जनाएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार विभाग तथा मातहतका कार्यालयबाट ४२ होटल, रेष्टुरेन्टस्तरीकरण गरिएकामा दुई प्रतिशतले अत्ति उत्तमस्तर पाउन सफल भएको छ भने सातले उत्तम, २३ ले सन्तोषजनक, सातले सामान्यस्तर र तीन होटल तथा रेष्टुरेन्ट स्तरीकरणमा नपरेको पाइएको छ।

विभागले तीन महिनाको अवधिमा १२ विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा १६ हजार ३१० नमूना प्राप्त भई जाँच विश्लेषण गरी नियमन गरिएको तथ्याङ्कमा उल्लेख छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×