भारत। बलिउड चलचित्र उद्योगका धेरै कलाकारहरू अहिले दक्षिण भारतीय चलचित्रमा पाइला राख्ने तरखरमा छन्। यो सुचीमा अभिनेत्री जाह्नवी कपूरको नाम पनि जोडिएको छ। पछिल्ला केहि महिनादेखि जाह्नवी कपूरले दक्षिण भारतीय चलचित्रमा अभिनेता जूनियर एनटीआरसँग आउँदो चलचित्रमा काम गर्ने चर्चा चलेको थियो। निर्देशक बुची बाबू सनाको आउँदो चलचित्रमा एनटीआरसँग जाह्नवी देखिन सक्ने अड्कल मान्छेहरुले लगाएका थिए। यसैबिच जाह्नवीका बुवा बोनी कपूरले यसबारेमा आफ्नो मुख खोलेका छन्।
जाह्नवीका बुवा बोनी कपूरसँग हैदराबादमा 'वलिमै'को प्रि-रिलिज कार्यक्रममा यो प्रश्न सोधिएको थियो। सो कुराको बारेमा बताउदै बोनीले भने " सामाजिक सञ्जालमा चलेको यो केवल एक अफवाह हो। सामाजिक सञ्जाल अच्चमको छ। प्रत्येक दिन कुनै न् कुनै अफवाह चल्ने गरेको छ। जाह्नवीले एनटीआरको चलचित्रमा काम गर्ने खबर केवल अफवाह हो।"
उनले जाह्नवीले दक्षिण भारतीय चलचित्रमा काम गरोस भन्ने आफ्नो पनि इच्छा रहेको भने बताएका छन्।