‘दुई नम्बरी’ फिल्मको अग्रिम बुकिङ खुल्ला

काठमाडौँ - यही शुक्रबार अर्थात असोज २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दुई नम्बरी’ को अग्रिम बुकिङ खुल्ला भएको छ।

अभिनेताद्वय दयाहाङ राई तथा सौगात मल्लको मुख्य भूमिका रहेको यो फिल्मको अग्रिम बुकिङ हिजो बुधबार अर्थात् दसैंको टीकाको दिनदेखि प्रारम्भ भएको हो।

यो फिल्मलाई मल्टीप्लेक्सहरूले उल्लेख्य शो दिएका छन्। क्यूएफएक्सले देशभरका आफ्ना सिनेमा हलमा यो फिल्मलाई ३५ शो दिएको छ। शुक्रबार सम्ममा शो संख्या वृद्धि हुने अनुमान छ।

आइएनआई, वान सिनेमाज्, बिग, एफक्यूव, कीर्तिपुर, रञ्जना मल्टिप्लेक्सले पनि फिल्मलाई उल्लेख्य शो दिएका छन्। क्यूएफएक्सले अग्रिम टिकट विक्री थालिसकेको छ। ‘प्रेमगीत ३’, ‘बाबरी’, ‘पीएस वान’, ‘विक्रम वेधा’ लगायतका फिल्महरु हलमा चलिरहँदा पनि ‘दुई नम्बरी’ले उल्लेख्य शो प्राप्त गर्न सकेको हो।

फिल्मको टीजर र ट्रेलरलाई दर्शकले मन पराएका छन्। फिल्ममा लोकप्रिय अनुहारहरूले अभिनय गरेका छन्। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी सहितका कलाकारले दर्शकलाई सिनेमा हलसम्म आकर्षित गर्ने अनुमान गर्न सकिन्छ। फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार अहिलेको ट्रेन्डअनुसार फिल्मले ७० प्रतिशत ओपनिङ अकुपेन्सी हासिल गर्न सक्ने छ।

२ करोड रुपैयाँको लगानीमा निर्माण भएको दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्मले विदेश र अन्य राइटबाट आम्दानी गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×