स्टर्लिङलाई अनुबन्ध गर्ने बारे सिटीसँग चेल्सीको छलफल

काठमाडौँ - ग्ल्याण्डका फरवार्ड राहिम स्टर्लिङलाई भित्र्याउन चेल्सीले म्यानचेस्टर सिटीसँग सम्पर्क गरेको छ। सन् २०१५ मा ४.९ करोड पाउन्डमा लिभरपुलबाट सिटी भित्रिएका स्टर्लिङले ३३९ खेलमा १३१ गोल गरेका छन्। उनलाई चेल्सीका नयाँ मालिक टोड बोहलीले प्रमुख ‘टार्गेट’ बनाएका छन्।

चेल्सीले २७ वर्षीय खेलाडीका लागि औपचारिक प्रस्ताव पेस गर्न बाँकी रहेको छ। तर, यो चाँडै नै गरिने बीबीसी स्पोर्टले उल्लेख गरेको छ। सिटीसँग स्टर्लिङको एक वर्षको सम्झौता बाँकी रहेको छ। तर, उनी विभिन्न विकल्पबारे खुला रहेका छन्।

बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुलाई सिजन लामो लोनमा इन्टर मिलान पठाएपछि चेल्सी आफ्नो फरवार्ड लाइनलाई मजबुत बनाउने प्रयासमा छ। यस्तोमा मेमा बोहलीले चेल्सी किनेपछि स्टर्लिङ क्लबको पहिलो नयाँ अनुबन्ध हुन सक्ने अपेक्षा गरिएको छ।

सन् २०१६ मा पेप ग्वार्डिओला सिटीको म्यानेजर बनेपछि सर्जियो अगुएरोपछि स्टर्लिङले क्लबका लागि सर्वाधिक १२० गोल गरेका छन्। गत सिजन चौथो प्रिमियर लिग उपाधि जित्ने क्रममा उनले ३० खेलमा १३ गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×