काठमाडौँ - पछिल्लो पटक प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डबाट स्ट्राइकर इरलिङ हालान्डलाई अनुबन्ध गर्ने समाचारले अन्तराष्ट्रिय मिडियामा ठूलो चर्चा बनेको छ। हुनपनि सिटीले महंगो रकममा हालान्डलाई अनुबन्ध गर्दैछ।
हालान्डका पिताले समेत फुटबल खेलेको क्लब सिटीले हालान्डमाथि तीन सय ५० मिलियन यूरो भन्दा खर्च गर्दैछ। पाँच बर्षका लागि अनुबन्ध गर्न लागेको सिटीले हालान्डमाथि यति मोटो रकम खर्च गर्न लागेको हो।
सिटीले बोरुसिया डर्टमण्डलाई ७५ मिलियन युरो खरिद गरेबाफत र थप १० मिलियन यूरो बोनसका रुपमा दिनेछ। यस्तै उनलाई अनुबन्ध गर्न लागेको अवधिमा सिटीले बार्षिक ४० मिलियन यूरो तलबका रुपमा खर्च गर्नेछ। यस्तै कमिसनका रुपमा सिटीले हालान्डका पिता जो अहिले उनका एजेन्टपनि हुन। उनलाई ३० मिलियन यूरो दिनुपर्नेछ भने, ४० मिलियन युरो उनको एजेन्सी कम्पनीलाई दिनुपर्ने छ। जुन स्वर्गिय एजेन्ट मिनो राइलोको कम्पनी हो।
यसरी सिटीले हालान्डको ब्रान्डमा मात्र तीन सय ५० मिलियन युरो खर्च गर्न लागेको हो। हालान्ड सिटी आउने पक्का भइसकेको र उनी मेडिकल टेष्टका लागि पनि पुगिसकेको बताइएको छ। बोरुसिया डर्टमण्डबाट साँढे दुई बर्ष खेल्दा हालान्डले ८८ खेलमा ८५ गोल गरेका थिए।