कोरोनाको कारण रोकिएको चिट्ठी बल्ल सकियो

काठमाडौं - कोरोनाको कारण गत माघमा छायाँकन रोकिएको चलचित्र चिट्ठीको छायांकन बल्ल सकिएको छ। एरा प्रोडक्सनले यो चलचित्रको इन्ड क्लाप गर्दै छायाँकन सम्पन्न भएको घोषणा गरेको छ।

अहिले डिजिटल युगमा चिठ्ठीको महत्व हराईरहेको बेला पहिलो चिठ्ठीको महत्व कस्तो थियो भन्ने कथा यो चलचित्रले बोकेको यसका निर्देशन माधवराज खरेलले बताएका छन्।

यो चलचित्रमा संञ्जित भण्डारी, कमेडी च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेसहितको मुख्य भूमिका रहेको पनि निर्देशक खरेलले बताएका छन्।

यो चलचित्रलाई जीवन पराजुलीले छायांकन गरेका हुन्। चलचित्रमा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाइको संगीत छ। फिल्मलाई कमला जोशीले निर्माण गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×