काठमाडौँ। नेपाली चलचित्रका अभिनेता सलिनमान बानियाँ लामो समयदेखि अस्प्रिना श्रेष्ठसँग प्रेमसम्बन्धमा रहेका छन्। भर्खरै सलिनले अस्प्रिनालाई डेढ करोड बराबरको गाडी उपहार दिएको कुराले सिने जगत तातेको थियो। त्यसैगरि हाल जोडीको विवाहको चर्चा पनि निकै चुलिएको छ। सलिन र अस्प्रिनाको परिवारबिच भएको भेटघाटले यो खबरलाई अझै चर्काएको छ। यो भेटघाट सोमवार काठमाडौँको एक होटलमा भएको थियो। खबरका अनुसार उक्त भेटमा इन्गेजमेन्ट र विवाहको कुरा चलेको थियो। अस्प्रिनाले सामाजिक सञ्जालमा भेटघाटको तस्विर राखेकी छिन्। स्रोतका अनुसार जोडी यहि वर्ष वैवाहिक बन्धनमा बाँधिने सम्भावना रहेको छ। सलिनले चलचित्र ‘ए मेरो हजुर २’बाट नायकको रुपमा डेब्यू गरेका हुन् भने अस्प्रिना इन्टरनेशनल मेकअप आर्टिस्ट हुन्।