मनाङ मस्र्याङ्दी दमक गोल्डकपको फाइनलमा

काठमाडौँ - मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो। मनाङका लागि अफिज ओलावलेले खेलको २९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो।

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ। फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र साविक विजेता नेपाल पुलिस क्लबबीच खेल हुने संयोजक मोहन मगरले जानकारी दिए। बुधबार विजयी टोली फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ।

प्रतियोगिताको विजेताले रु १३ लाख ११ हजार तथा उपविजेताले रु ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही रु २१ हजार पुरस्कार प्राप्त गर्ने छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×