भारत। बलिउड अभिनेता रणवीर सिंह अभिनित चलचित्र ‘८३’ प्रदर्शनको तयारीमा रहेको छ। सन् १९८३ को क्रिकेट विश्वकपमा भारतको विजयी यात्रा समेटिएको चलचित्र कबीर सिंहले निर्देशन गरेका हुन्। हालै प्राप्त जानकारी अनुसार चलचित्रलाई दिल्लीमा ‘ट्याक्स फ्री' गरिनेछ। दीपिका पादुकोण, ताहिर राज भसिन, जिवा, साकिब सलीम, जतिन सरना आदि कलाकारहरुको अभिनय रहेको चलचित्र रिलायन्स इन्टरटेन्मेन्ट र पीभीआर पिक्सर्चसको ब्यानरमा बनेको हो। चलचित्रमा दीपिका पादुकोणको पनि लगानी रहेको छ। चलचित्र डिसेम्बर २४बाट हिन्दी, तमिल, तेलुगु, कन्नाडा र मलयालम गरी पाँच भाषामा एकैसाथ प्रदर्शनमा आउनेछ। चलचित्रको ट्रेलर बुर्ज खलिफामा पनि देखाईएको थियो।