माओवादीको भातृसंगठनले एमसिसीको विरोधमा संसद भवन घेर्ने

काठमाडौँ- यथास्थितिमा एमसिसी टेबल गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले संसद भवन घेराउ गर्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसिसी प्रवेश गराउने प्रयासको छनक देखिएपछि माओवादीका दुई भातृ संगठनले संसद भवन घेराउको कार्यक्रम राखेका हुन्। बिहान ११ बजे बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट संसद भवन घेराउ गर्न लागेको माओवादी नेता हिमाल शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×