काठमाडौँ - फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ।
शनिबार राति भएको खेलमा घरेलु मैदानमा पिएसजीले मोन्टपिलरलाई ५-२ ले पराजित गरेको हो। पिएसजीका लागि नेयमारले ४३ र ५१ औँ मिनेटमा गरी दुई गोल गरेका थिए।
यस्तै केलियन एमबाप्पे र रेनातो सान्चेले १-१ गोल गरेका थिए। मोन्टपिलरका साक्कोले आत्मघाती गोल गरेका थिए। मोन्टपिलरका लागि खज्री र चातो एमबियीले १-१ गोल गरेका थिए।
लगातार २ जितबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको पिएसजीका लागि नेयमारले यो सिजन ३ गोल र ३ गोलका लागि असिस्ट गरिसकेका छन्।