काठमाडौँ - गायिका अञ्जु पन्त तथा गायक किशोर सिवाकोटीको स्वरमा तयार पारिएको यूगल गीत ‘सम्झनाका मिठा मिठा पलहरु’ सार्वजनिक भएको छ।
यो गीतका रचनाकार श्री सिवा हुन् भने गीतमा गायक सिवाकोटीकै संगीत सुन्न सकिन्छ। यो गीतको म्युजिक भिडियोमा विकास लामिछाने र गरिमा शर्मा देखिएका छन्। गीतको म्युजिक भिडियोलाई दिपकप्रसाद आचार्यले निर्दशन गरेका हुन्। कोरियोग्राफी भने तेन्जु योञ्जनले गरेकी हुन्।
बुद्ध थापाद्वारा छायांकन गरिएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। सिवा ग्रुपको प्रस्तुतिमा चन्द्र मगरले निर्माण गरेको यो गीत विश्वभरका विभिन्न प्लेटफमहरुमा उपलब्ध छ।