बलिउड अभिनेत्री सोनम कपुरलाई पुत्रलाभ

काठमाडौँ - बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन्। उनले छोरालाई जन्म दिएकी छिन्। एक निजी अस्पतालमा सोनमको डेलिभरी भएको थियो। गत मार्चमा सोनमले प्रेगनेन्सी घोषणा गरेकी थिइन्।

सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन्।

उनले लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ। सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ। नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया।’

आनन्द आहुजाले पनि एक टिप्पणी साझा गरेका छन्, जसमा उनले छोराको जन्मेको खुसीको खबर सेयर गरेका छन्। आहुजाले नोटमा यस सम्पूर्ण यात्रामा साथ दिने चिकित्सक, नर्स, साथीभाइ तथा परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन्।

सोनम र आनन्द आहुजाले ८ मे २०१८ मा विवाह गरेका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×