महिला युरोकपः सेमिफाइनलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै

काठमाडौँ - महिला युरोकप २०२२ को पहिलो सेमिफाइनलमा इल्याण्ड र स्वीडेन भिड्दै छन्। खेल सोमबार मध्यराति हुँदै छ।

इंग्ल्याण्डले पहिलो क्वार्टरफाइनल खेलमा स्पेनलाई २-१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो। निर्धारित समयमा १-१ को बराबरी भएपछि थप गरिएको अतिरिक्त समयमा इंग्ल्याण्डले गोल थप्दै सेमिफाइनलमा पुगेको हो।

अर्को क्वार्टरफाइनल खेलमा स्वीडेनले बेल्जियमलाई १-० ले पराजित गर्दै इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो। आजको खेलको विजेताले दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ। 

युरोकपको दोस्रो सेमिफाइनल खेलमा जर्मनी र फ्रान्स खेल्नेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×