काठमाडौँ - सफल व्यवसायी एवम् गायक विकास राणाको नयाँ गीत ‘प्रेमको परिभाषा’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा बीबी थापाको शब्द र शशि बिक्रम थापाको संगीत रहेको छ।
गीतमा विनोद भुजेलले संगीत संयोजन गरेका छन्। म्युजिक भिडियोमा राजेश हमाल र वर्षा राउतको अभिनय रहेको छ। बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।
गीत गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो।