बाबुको मुख हेर्ने दिनमा फिल्म ‘महापुरुष’को नयाँ गीत ‘बा’ सार्वजनिक

काठमाडौँ - बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’लाई इन्टरनेट रिलिज गरेको छ। बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ।

रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन्। गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्री फिचर्ड रहेका छन्।

कात्तिक ११ गते रिलिज हुने तयारीमा रहेको फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय रहेको छ। म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्म प्रदीप भट्टराईले निर्देशन गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×