बेल्जियमसँग पोल्यान्ड पराजित

काठमाडौँ - यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ। बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले १/१ गोल गरेका थिए।

यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए। यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ। पराजित पोल्यान्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×