ओन्टारियोविरूद्वको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ - क्यानडियन क्लब ओन्टारियो क्रिकेट एकेडेमीविरूद्वको अभ्यास खेलमा नेपाल विजयी भएको छ। नेपालले आज विहान सम्पन्न खेलमा ६९ रनको जित हात पारेको हो।

२२१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्र  बनायो। उसका लागि रियाज खान पठानले सर्वाधिक ३६ रनको योगदान दिए।

कप्तान नरेश बुढाएरले २९,निकोलस मनोहरले २५ र जश शाहले २० रन जोडे। नेपालका लागि पवन सर्राफले ३, किशोर महतो र आरिफ शेखले २/२  विकेट हात पारे।

त्यसअघि किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा  आठ विकेट गुमाउँदै २२० रन बनाएको थियो। नेपालका लागि विनोद भण्डारीले  अर्धशतकीय पारी खेले। ५९ बलको सामना गरेका उनले ८ चौकासहित ५७ रन बनाए।

आसिफ शेखले ४२, देव खनालले २७ र बसिर अहमदले २४ रन जोडेका थिए। ओन्टारियोका लागि शिलत पटेलले ३ तथा अमर खालिद, किनान्न टिन्टो, जाडे पड्मोर र दर्शिल पटेलले १/१ विकेट लिएका थिए।

नेपालले अब जुलाई  ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग २ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज  खेल्नेछ। क्यानडामा खेलेपछि नेपाल आइसिसी विश्वकप लिग-२ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ। नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ। 

 नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ। यस्तै, दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाइ र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×