काठमाडौँ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ। फिफा वरीयतामा नेपाल एक सय ६९औँ स्थानमा रहेको छ। यसअघि पनि नेपाल एक सय ६९औँ स्थानमै रहेको थियो।
नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो वरीयतामा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्।