काठमाडौँ - यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन्। एउटै समयमा २ खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ।
एकै समयमा २ खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका खेल प्रसारण गरिरहेको छ। जसकारण आज (शुक्रबार) प्रसारण हुने ‘द भ्वाइस’को लाइभ शो प्रसारणको समय तालिका फेरिएको छ।
द भ्वाइस अफ नेपालले शुक्रबार सूचना जारी गर्दै २५ औं एपिसोड साँझ ७ बजेदेखि सुरु हुने जनाएको छ। आजकै एपिसोडदेखि उपाधि विजेता चुन्न भोटिङ पनि सुरु हुँदैछ।शुक्रबारको अन्तिम प्रस्तुतिसम्म भोटिङ लाइन खुला हुने जनाइएको छ।
लाइभ शोमा अन्तिम १२ ट्यालेन्टबीच प्रतिस्पर्धा भइहेको छ।