आर्सनललाई पछि पार्दै टोटनह्याम शीर्ष चारमा उक्लियो

काठमाडाैँ - इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा टोटनह्यामले आर्सनललाई पछि पार्दै शीर्ष चारमा उक्लिएको छ। आइतबार भएको खेलमा बर्नलीलाई १-० ले पराजित गर्दै टोट‍नह्याम शीर्ष चारमा उक्लिएको हो। उसका लागि स्ट्राइकर ह्यारी केनले गरेको एकमात्र गोल निर्णायक बन्यो।

टोटनह्यामले घरेलु मैदानमा भएको खेलमा ६९ प्रतिशत बल पोसेसन राख्दै लगातार दबाब बढाए पनि गोलका लागि भने पेनाल्टी नै कुर्नु परेको हाे। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। 

त्यसपछि दोस्रो हाफमा पनि टोटनह्यामले लगातार दबाब दिएपनि सिर्जना गरे पनि थप गोल हुन नसक्दा पहिलो हाफमा केनले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो।
महत्वपूर्ण जितसँगै टोटनह्यामको ३७ खेलबाट ६८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको आर्सनल ६६ अंकका साथ पाँचौ स्थानमा छ। भने पराजित बर्नली ३४ अंक जोडेर १७औं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×