काठमाडौँ। अभिनेत्री बेनिशा हमालको चलचित्र ‘प्रेमगञ्ज’मा रहेको भूमिका सार्वजनिक गरिएको छ। चलचित्रमा उनी ‘मैना’को भूमिकामा देखिएकी छन्। निर्माणपक्षले चलचित्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। जसमा बेनिशाको बोल्ड अवतार देख्न सकिन्छ।
चलचित्रमा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ। आगामी जेठमा प्रदर्शनको तयारी गरिरहेको चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम चलीरहेको छ।
चलचित्रमा तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारहरुको अभिनय रहेको छ। डेढ करोड रुपैयाँको लगानीमा बनेको चलचित्र चौतारीको प्रस्तुतिमा तयार भएको हो। चलचित्रका कार्यकारी निर्माता अनन्तराम श्रेष्ठ रहेका छन्।