राप्ती नगरपालिकामा ९० प्रतिशत निर्णय कार्यान्वयन

काठमाडौँ - चितवनको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन्।

ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन्। पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन्। महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ। प्रमुख प्रभा बरालका अनुसार विसं २०७४ को जेठ ८ गते पहिलो यही माघ २५ गतेसम्म १०० बैठक सम्पन्न भएका छन्। ती बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन भएको उनले बताए।

नगरपालिकामा जनताका कामलाई सहज, निष्पक्ष र छिटोछरितो प्रदान गरिँदै आएको छ। जनताका सेवालाई सहज बनाउन एउटा नगरपालिका कार्यालय भवन, एक नगर सभाहल, एक अस्पताल, सात आधारभूत स्वास्थ्यचौकी, ११ वडा कार्यालय र २९ खोप केन्द्र निर्माण गरिएको बरालले जानकारी दिए। उनले भने, “संविधान संवत् ढङ्गले सबै कामलाई अगाडि बढाउन ६१ ऐन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिएको छ।”

नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं  १०, ११, १२ र १३ घर भएका चेपाङ बालबालिका पढ्नका लागि विभिन्न सङ्घसंस्था र सांसदसँग समन्वय गरी छात्रावास निर्माण गरिएको छ। उनले भने, “हामी निर्वाचित हुँदा ९० प्रतिशत मात्र बालबालिका विद्यालय जाने अवस्थाबाट शतप्रतिशत विद्यालय भर्ना दर बनाएका छौँ।” बालविवाह र विद्यालय छाड्ने दर घटाउन चेपाङ छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ। एम्बुलेन्समार्फत नगरपालिकाभित्रका दीर्घरोगी, अपाङ्ग, अति वृद्धलाई निःशुल्क सेवा प्रदान गरिएको उनले जानकारी दिए।

आमा र बच्चाको वृद्धि विकास र स्वस्थ राख्नका लागि आमा पोषण कार्यक्रम सञ्चालन गरिएको छ। नगरपालिकाका  ५० सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×