पूर्वमन्त्री बस्नेतद्वारा जन्मदिनकाे अवसरमा महिला सुधार केन्द्रमा स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण

काठमाडौँ । जन्मदिनको अवसरमा पूर्वमन्त्री बस्नेतद्वारा महिला सुधार केन्द्रमा स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गरेका छन् । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो जन्मदिनको अवसरमा केन्द्रीय कारागारमा रहेका महिला कैदीवन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गरेको हो ।

आफ्नो जन्मदिनको अवसरमा नेता बस्नेतले काठमाडौँको सुन्धारा स्थित कारागारमा रहेका ३६८ जना महिला, १२ जना बालबालिका तथा २० जना विदेशी गरी जम्मा ४०० जना कैदीबन्दीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण गरेको हो । बस्नेतले जुत्ता, सेनेटरी प्याड, माक्र्स, सेनेटाइजर, सेम्फो, सावुन, चाउचाउलगायतका सामाग्रीहरु त्यहाँको जेलरलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै बस्नेतले मानव सेना नै धर्म भएकाले कोभिड १९ को कहरका कारण कैन्दीबन्दीलाई भएको समस्यालाई मध्यनजर गर्दै सहयोग सामाग्री हस्तान्तरण गरेको बताए ।

विगतको जन्मोत्सवमा वालगृह, सेवाघर, आश्रमलगायतका ठाउँहरुमा गई जन्मोत्सव मनाउने गरेको भएता पनि यो वर्ष भने कैदीवन्दीहरुको समस्यालाई मध्यनजर गर्दै काठमाडौँको सुन्धारा स्थित कारागारमा रहेका महिला सुधार गृहमा रहेका कैदीवन्दीलाई सहयोग गरेको बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×