‘गंगूबाई काठियावाडी’मा कसको पारिश्रमिक कति?

भारत। बहुप्रतिक्षित बलिउड चलचित्र ‘गंगूबाई काठियावाडी’ फेब्रअरी २५ बाट प्रदर्शनमा आउने भएको छ। 

सञ्जय लीला भंसालीको निर्देशन रहेको चलचित्रको ट्रेलर केही दिनअघि मात्र सार्वजनिक गरिएको थियो। ट्रेलर हेरेर अभिनेत्री आलिया भट्ट, अभिनेता अजय देवगन र कलाकार विजय राजको अभिनयको प्रशंसा गरिदैछ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रका लागि आलियाले भारु २० करोड पारिश्रमिक लिएकी छिन् भने अजय देवगनले ११ करोड पारिश्रमिक बुझेका छन्। त्यसैगरि चलचित्रमा रजिया बाईको भूमिकामा रहेका विजय राजले १.५करोड पारिश्रमिक लिएको जनाइएको छ।
 
यही चलचित्रबाट बलिउडमा डेब्यू गर्न लागेका शान्तनु माहेश्वरीले ५० लाख र सीमा पाहवाले २० लाख पारिश्रमिक लिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×