चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकमा चार वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मृतक अन्दाजी १६-१७ वर्षको किशोरको परिचय खुलेको छैन ।
घाइते २३ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन् । सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन् । उनी जिप्रका चितवनको नियन्त्रणमा छन् । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।