आज आईपीएलमा आरसीबीलाई जितको आवश्यकता

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को संस्करणमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) प्लेअफमा छनोट हुने वा नहुने अनिश्चित अवस्थामा छ। १३ मध्ये सात खेल जितेको आरसीबी -०.३२३ रन रेटका साथमा हाल अंक तालिकाको पाँचौं स्थानमा रहेको छ।
आज ८ बजे हुने गुजरात सँगको खेलमा आरसीबी जित हात पर्नुपर्ने अवस्थामा रहेको छ। हाल गुजरात १३ खेलमा १० मा जित र ३ मा हार खाएर  २० अंकको साथमा अंक तालिकाको १ नम्बरमा छ।  १४ अंकको साथमा ५ नम्बरमा बैंगलोर रहेको छ। बैंगलोर र गुजरात बीचको खेल मुम्बईमा रहेको वानखेड़े स्टेडियममा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×