काठमाडौँ - दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड-२०७८ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिने भएको छ। रा
ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालि काठमाडौंको आयोजनामा दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड-२०७८ गर्ने भएको हो। अवार्ड कार्यक्रम असार २१ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ।
५० विधामा अवार्ड वितरण गर्ने तथा विशेष सम्मान गर्ने जनाएको आयोजकले जेठ २१ गते उत्कृष्ट ५ मनोनयन सार्वजनिक गर्ने बताएको हो।
अवार्डको नाममा अनेकन टिकाटिप्पणि भएजस्तो वा किनबेच गर्ने भन्दापनि अग्रज स्रस्टाको मान, मर्यादा र नयाँ पुस्तालाई उत्साह हौसला दिने अभिप्रायले कार्यक्रम आयोजना गरिएको निर्देशक बिसीले बताएका छन्।
भोटिङबाट ४०% निर्णायकबाट ५०% र आयोजकबाट १०% को आधारमा अवार्डको निर्णय हुने आयोजकले जनाएको छ।