काठमाडौँ - कालीकोटमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–११, जिम्जेडी बस्ने ४० वर्षीय अमराज शाहीको भरुवा बन्दुक पड्कँदा मृत्यु भएको हो। सोही ठाउँस्थित मखडा भन्ने लेकमा सिकार खेल्न गएको अवस्थामा शाहीले बोकेको भरुवा बन्दुक पड्किएर आफैँलाई गोली लाग्दा घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल मान्मतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ४३ वर्षीय गोकुल शाहीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।