अभिनेता अरुण बालीको ७९ वर्षको उमेरमा निधन

काठमाडौँ - अभिनेता अरुण बालीको शुक्रबार बिहान मुम्बईमा निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिए। आज बिहान करिब ४ः३० बजे उनको निधन भएको परिवारले जनाएको छ।

७९ वर्षीय अरुण बालीले ९० को दशकमा आफ्नो करियर सुरु गरेका थिए। उनले खलनायक, फूल और अंगारे, सबसे बडा खिलाडी, सत्य, लगे रहो मुन्ना भाइ, बर्फी, एयरलिफ्ट, रेडी जस्ता चलचित्रमा काम गरेका थिए। उनको पछिल्लो रिलिज फिल्म लाल सिंह चड्डा थियो। यसका साथै उनी धेरै चर्चित टिभी सिरियलमा पनि देखा परेका छन्।

अरुण बालीका २ छोरी अमेरिकामा रहेकाले भोलि भारत पुगेपछि उनको अन्तिम संस्कार शनिबार हुनेछ। अभिनेता अमिताभ बच्चनसँगको उनको फिल्म ‘गुडबाय’ आज रिलिज हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×