काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ। यसअघि लगातार आठ खेलमा हार बेहोरेको मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै यस सिजनको पहिलो खेल जितेको हो।
राजस्थानले दिएको १५९ रनको लक्ष्य पछाएको मुम्बईले १९.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्बाधिक ५१ रन बनाए भने तिलक बर्माले ३५ रन बनाए। त्यस्तै इशान किशनले २६, टिम डेविड २० र केरन पोलार्डले १० रन बनाएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै १५८ रन बनएको थियो। राजस्थानका लागि जोस बटलरले ६७ रन बनाए भने आर आश्विनले २१ रन बनाएका थिए।
यो जितसँगै मुम्बई इण्डियन्सले यस सिजनको नवौं खेलमा पहिलो जित हासिल गरेको छ। त्यस्तै राजस्थानले भने ९ खेलमा तेस्रो हार बेहोरेको छ र १२ अंकसहित हाल दोस्रो स्थानमा रहेको छ।