काठमाडौँ। अभिनेता अनमोल केसीको निर्माणाधीन चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माणपक्षले आगामी असोज १४ गते चलचित्र प्रदर्शनमा ल्याउने निर्णय गरेको हो।
चलचित्रको प्रदर्शन मिति दशैँलाई तय गरिएतापनि चलचित्रको छायांकन भने अझै सुरु गरिएको छैन। दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा अनमोलसँगै अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिकामा रहनेछन्।
एबी इन्टरनेसनलको प्रस्तुति रहेको चलचित्र गौतम प्रोडक्सन र भ्वाइस फिल्म्स लिमिटेडको सहकार्यमा बन्न लागेको हो। त्यसैगरि चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ भने चलचित्रका कार्यकारी निर्माता अंकित गौतम रहेका छन्।