पोर्टोविरुद्ध एटलेटिको मड्रिडको रोमाञ्चक जित

काठमाडौँ - च्याम्पियन्स लिगमा स्पेनिस क्लब एटलेटिको मड्रिडले विजयी सुरुवात गरेको छ। उसले घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा पोर्चुगिज क्लब पोर्टोलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो।

समूह ‘बी’ अन्तर्गत निकै रोमाञ्चक बनेको खेलमा तीनै गोल थप गरिएको समयमा भएको थियो। एटलेटिकोलाई जित दिलाउन मारियो हर्मोसो र एन्टोइन ग्रिजम्यानले १/१ गोल गरेका। पोर्टोका माटिअस युरिवेले १ गोल फर्काए।

५० औं मिनेटमा कोकेले गोल गरे पनि त्यसले मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो। ८१ औं मिनेटमा मेदी तारेमीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो।

थप गरिएको समयको पहिलो मिनेटमा  हर्मोसोले एटलेटिकोलाई अग्रता दिलाए। छैटौं मिनेटमा युरिवेले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। अन्तिम मिनेटमा ग्रिजम्यानले गोल गर्दै एटलेटिकोलाई २-१ को रोमाञ्चक जित दिलाए। जितसँगै एटलेटिको ३ अंक जोड्दा पोर्टोले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

यही समूहको अर्को खेलमा बेल्जियन क्लब ब्रुगले जर्मन क्लब बायर लिभरकुसनलाई १-० ले पराजित गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×