नेइमारको दुई गोलमा पीएसजीको जित

काठमाडौँ - पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा लोरियन्टलाई १-२ गोलको नतिजामा पराजित गरेको छ। आइतबार राति लोरियन्टको मैदानमा भएको खेलको नवौं मिनेटमा गोल गर्दै ब्राजिलियन स्टार फरवार्ड नेइमारले पीएसजीलाई अग्रता दिलाएका थिए।

घरेलु टिममाथि हाबी बनेको भ्रमणकारी पीएसजीले निरन्तर आक्रामण मौका बनाएको थियो। पहिलो हाफमा ०-१ ले पछि परेको लोरियन्टले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्काएको थियो।

टेरेम मोफीले ५३ औं मिनेटमा गोल गर्दै स्कोरलाइन बराबरीमा ल्याएका थिए। यद्यपि, निर्धारित समयको खेल सकिन ९ मिनेट बाँकी रहँदा नेइमारले व्यक्तिगत दोस्रो गोल गर्दै भ्रमणकारी पीएसजीको जित सुनिश्चित गरे।

जितसँगै १४ खेलमा अपराजित रहँदै ३८ अंक जोडेको पीएसजी लिग तालिकाको शीर्ष स्थानमा रहेको छ। समान खेलबाट ३३ अंक जोडेको लेन्स दोस्रो तथा २८ अंक जोडेको रेनेस दोस्रो स्थानमा रहेको छ।

पराजित लोरियन्ट २७ अंकसहित छैटौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×