नेप्सेमा उछाल– ५२ अंकले बढ्दा सात अर्ब ६२ करोडको शेयर किनबेच

काठमाडौं । नेप्सेमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक (नेप्से) ५२ दशमलव ९७ अंकले बढेर २२ सय ५७ दशमलव ५९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५९ अंकले बढेर चार सय एक दशमलव २५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ९६ हजार दुई सय ७४ पटकको कारोबारमा दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दशमलव ७२ अंंकले बढेर १२ सय ३९ दशमलव ६७ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ५३ दशमलव ८४ अंकले बढेर चार हजार पाँच सय १९ दशमलव १८ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ३४ दशमलव ४४ अंकले बढेर दुई हजार छ सय १७ दशमलव ९३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ८८ दशमलव ३० अंकले बढेर दुई हजार सात सय ६३ दशमलव ३२ अंकमा चढेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय २० दशमलव ८५ अंकले बढेर १० हजार नौं सय ४८ दशमलव ५९ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४० दशमलव ४८ अंकले बढेर ११ हजार दुई सय ८२ दशमलव ७० अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिडी हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बलेफी हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ग्लोवल आईएमई बैंकको संस्थापक शेयर परेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×