काठमाडौँ - इंग्ल्यान्ड फुटबल एसोसियसनले चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेललाई एक खेलको टचलाइन प्रतिबन्ध लगाएको छ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटेनहमविरुद्धको खेलपछि विपक्षी टोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेसँग झगडा गरेको कारण टुचेललाई प्रतिबन्ध लगाईएको हो।
यस्तै टुचेललाई ३५ हजार पाउण्ड जरीवाना गरिएको छ। टोटेनहमका मुख्य प्रशिक्षक कोन्टेलाई भने १५ हजार पाउण्ड जरीवाना गरिएको छ।
खेल २-२ गोलको बराबरीमा सकिएपछि हात मिलाउने क्रममा उनीहरु झगडामा उत्रिएपछि दुबैले रातो कार्ड पाएका थिए।