ओमिक्रोनपछि कोभिड महामारी अन्त्य हुने डब्लूएचओको प्रक्षेपण

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने डब्लूएचओका महानिर्देशक हान्स क्लुगले विश्वास व्यक्त गरेका छन् । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लगेको उनको भनाइ छ । तर मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।  

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने उनको भनाइ छ ।

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×