काठमाडौँ । दुवै मिर्गौलामा समस्या भएकी व्यासनगरपालिका–१४ की १९ वर्षीया खुश्बु रानाले आफूलाई बचाइदिन सबै पक्षसँग याचना गरेका छन्।
घरको आर्थिक अवस्था नाजुकी रहेकी रानाले ‘म बाँच्न चाहन्छु, मलाई बचाइदिनोस्’ भनी सबैसँग सहयोग मागेका हुन्। उनका श्रीमान् कोमबहादुर थापा नेपाल सेनाको सिपाही पदमा जागिरे छन्। श्रीमानको तलबले मात्रै आफ्नो उपचार खर्च सम्भव नभएकाले सहयोगका लागि अपेक्षा गरेका छन्। श्रीमतीको उपचारमा खर्च धेरै लाग्ने भएकाले विभिन्न सङ्घसंस्था, राजनीतिक दल र सर्वसाधारणमा सहयोगको याचना गरिएको श्रीमान थापाले बताए।
आर्थिक अवस्था कमजोर थापाको उपचारका लागि आवश्यक सिफारिस प्रदान गरी सक्दो सहयोग गरिदिनुहुन सबै पक्षलाई अनुरोध गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। सहयोग गर्न चाहने महानुभावले मोबाइल नम्बर ९८२९१५२९१५ र ९८१५१४६००० मा सम्पर्क गर्नुहुन परिवारजनले आग्रहसमेत गरेको छ।