भारत। बलिउड अभिनेत्री प्रियंका चोपडा भर्खरै सेरोगेसीमार्फत आमा बनेकी छिन्। जसपछी भर्खरै आमा बनेको अर्की अभिनेत्री अनुष्का शर्माले बधाईका साथै सल्लाह दिएकी छिन्।
अनुष्काले प्रियंका र नीकलाई बधाई दिदै अनिदो रातका लागि तयार रहन सल्लाह दिएकी छिन्। अनुष्काले सामाजिक सञ्जालमार्फत प्रियंका र नीकको जोडीलाई सल्लाह दिएकी हुन्। उनले लेखेकी छिन् ‘बधाई प्रियंका चोपडा र निक जोनस। अनिँदो रातहरु अनि अतुलनीय खुशी र मायाका लागि तयार रहनुहोस्। सानीलाई धेरै माया।’
अनुष्का शर्मा र विराट कोहलीकी छोरी एक वर्षकी भएकी छिन्। प्रियंका र नीकको जोडीले केही दिनअघिमात्र पहिलो सन्तानका रुपमा छोरीलाई जन्मदिएको हो। जोडी दुई सन्तान जन्माउने योजनामा रहेको छ।