काठमाडौँ - ललितपुरको ग्वार्कोमा एकजना पुरुषले किशोरीलाई बलात्कार प्रयास गरेका छन्। जागिर खोजीरहेकी २० वर्षीय किशोरीलाई दाङको तुलसीपुर उपमहानगरपालिका–१५ घर भएका ४१ वर्षीय महेश नेपालीले ग्वार्को स्थित सनराइज क्याफेमा बोलाएर बलात्कार प्रयास गरेका हुन्।
बुधबार वर्क फ्रम होम ‘घरबाटै काम गर्न मिल्ने’ जागिर मिलाइदिन्छु भनेर नेपालीले किशोरीलाई क्याफेमा बोलाएका थिए। क्याफेमा पुगेपछि एकतला माथि रहेको कोठामा लगेर आफ्नो हात तानेपछि किशोरीले प्रतिकार गरिन्। क्याफेका वेटरले देखेपछि उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए।
बलात्कार प्रयास गरेको आरोपमा महेश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले जानकारी दिए। उनले भने,‘जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ।’